यस्तो छ आजको सुनचाँदीको मूल्य

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ भने चाँदी ५५ रुपैयाँले घटेको छ ।  आज सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रुपैयाँ र एक तोला चाँदीको मूल्य चार हजार १८० रुपैयाँ निर्धारण भएको छ ।

हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार एक तोला सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी चार हजार ४८५ रुपैयाँ मा खरिदबिक्री भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ । 


प्रतिक्रिया