राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

Jhalkonepal

काठमाडौँ, साउन १

राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया