काठमाडौं, असोज २५
फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसले एक एक गोलको बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको खेलमा लाओसका कप्तान बुङकोङले ३३ मिनेटमा गोल गरे तर दोस्रो हाफमा नेपालका लागि अञ्जन बिष्टले बराबरी गोल गर्दै नेपालको हार टारे। उनकाे बराबरी गोलसँगै नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी गरेका छन्।
ञ्जनले ९ वर्ष राष्ट्रिय टिमबाट खेल्दा १३ गोल गरेका हुन्। उनले हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमान बराबरी गर्न सफल भए।
अब नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसमा हुनेछ।
२४ असोज २०८०, बिहिबार ११:१३ मा प्रकाशित