काठमाण्डाै, फागुन २१
जिप दुर्घटनामा परी दार्चुलामा चालकको मृत्यु
भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका-२ का २५ वर्षीय महेश भुल रहेका छन्।
आज दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका-२ मुल्लामा सुप प्र –००१ ज ०००५
नम्बरको जिप दुर्घटना भएको थियो।
भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय दार्चुलाका प्रहरी कार्यालयका सूचना अधिकारीले बताए।
दुर्घटनामा महाकाली नगरपालिका-२ घर भएका १५ वर्षीय सागर भुल र ३ वर्षीय धौले
भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला
अस्पताल दार्चुलाले जनाएको छ।
२० फाल्गुण २०८१, बुधबार ०८:३१ मा प्रकाशित