काठमाडौं, भदाै १
सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५ थामेमा हिजो आएको भीषण
बाढीले भौतिक संरचनामा गरेको क्षतिको स्थिति र कारणबारे बुझ्न विज्ञसहितको टोली आज
घटनास्थल जाने भएको छ ।
विपद्
जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली घटनास्थल जाने भएको हो ।
प्रभावित क्षेत्रमा नेपाली सेनासहितको टोली भने हिजै गएको थयो ।
हिजो
दिउँसो पौने २ बजेतिर एक्कासि बाढी गाउँ पस्दा २० घर थामे आधारभूत विद्यालय र एउटा
स्वास्थ्य संस्था बगाएको छ । यस्तै, दुधकोशी नदीको पक्की पुल पनि बाढीले
बगाएको छ । बाढीले एक जना बेपत्ता भएका छन् अन्य भौतिक संरचनामा पनि ठूलो क्षति
पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन्
।
३२ साउन २०८१, शनिवार ०८:२० मा प्रकाशित