हिउँचितुवा काठमाडौंमा सार्वजनिक, सदर चिडियाखाना लगियो

Jhalkonepal

काठमाडौं , माघ १२

 मोरङमा फेला परेको हिउँ चितुवालाई काठमाडौं ल्याइएको छ ।

काठमाडौं ल्याइएको चितुवालाई जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै हिउँ चितुवा सार्वजनिक गरेर सदर चिडियाखाना लगिएको जानकारी दिएको छ ।

उक्त हिउँ चितुवा यही माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका–१ को चारघरेमा फेला परेको थियो ।

हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा तराई (समुद्र सतहदेखि १४६ मिटर उचाइ)मा भेटिएको थियो ।

 

प्रतिक्रिया