काठमाडौं- ४ महिनाको आफ्नै शिशुको हत्या आरोपमा फरार रहेका प्रहरी सहायक निरीक्षक ९असई० पुष्कर कार्की पक्राउ परेका छन्। आइतबार दिउँसो सिनामंगलमा कोठा लिएर बस्दै आएका कार्कीले सुतेकै अवस्थामा छोराको घाँटी रेटेर हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखेको हो।
जन्मेदेखी नै ब्रेन ट्युमरबाट पीडित रहेको शिशुको हत्या आरोप लागेपछि कार्की घटना स्थलबाट फरार भएका थिए। घटनाको क्रममा कार्कीले आफ्नो श्रीमती स्वयं पनि प्रहरी कर्मचारी हुन् । उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। पीडित श्रीमतीलाई आइतबार साँझ नै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो।
कार्कीलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। घटनाका सबै पक्षबारे विस्तृत छानबिन भइरहेको प्रहरीको भनाइ छ।
२२ मङ्सिर २०८२, सोमबार १०:४७ मा प्रकाशित