माधव नेपाललाई देउवाकाे सहकार्यको प्रस्ताव

Jhalkonepal


काठमाडौं, फागुन २३


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राख्नु भएकाे छ । 

 बिहान अध्यक्ष नेपालको कोटेश्वरस्थित निवास पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गर्नु भएकाे हाे । 

एकीकृत समाजवादी केही वर्षदेखि कांग्रेससहितको गठबन्धनमा थियो।

भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर अध्यक्ष नेपालसँग कुरा गरिएको बताउनुभयाे ।

प्रतिक्रिया