रामेछाप, भदाै ९
रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कवस्तीमा
गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका २ वर्षका छोरा
आयुष रहेको प्रहरीले जनाएको छ।
मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको
छैन। पहिरोमा परी ४ जना अझै बेपत्ता छन्।
पहिरोले ४ वटा घर बगाएको थियो। एउटा
पक्की पुल पनि बगाएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोली खटिएको छ।
८ भदौ २०८१, आईतबार १०:२२ मा प्रकाशित