काठमाडाैँ,असाेज २९
बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्पराअनुसार आज दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा हुन लागेको हो ।
दसैंको दोस्रो दिन आज देशभरिका नवदुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भिड लागेको छ .नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैंटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।
२८ असोज २०८०, सोमबार ११:२३ मा प्रकाशित