देशका बिभिन्न् प्रदेशमा माैसम बदली र हिमपातको सम्भावना

Jhalkonepal


काठमाडाैँ, माघ २३

तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिएकाे छ । देशका पहाडी भू–भागमा आंशिक बदली ,तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।  महाशाखाले बताएको छ।

महाशाखाका अनुसार  दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया