बझांगमा फेरी भुकम्पको धक्का

Jhalkonepal


धनगढी, फागुन ४

बझांगमा आज विहान ९ः३२ मा भुकम्पको धक्का महसुस भएको छ । बझाँग जिल्लाको थलारा गाँउपालिका पाराकाट्ने केन्द्र विन्दु बनाएर ४.४ म्याग्नीच्युडको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धन केन्द्रले जनाएको छ । केन्द्रले यो पराकम्प भएको जनाएको छ । उक्त पराकम्पले हाल सम्म कुनै पनि क्षतिको जानकारी नआएको प्रदेश आपत्तकालिन कार्य सञ्चालन केन्द्र, धनगढीले जनाएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा रहेको प्रदेश आपत्तकालिन कार्य सञ्चालन केन्द्रले जिल्ला आपत्तकालिन कार्यसञ्चालन केन्द्रलाई थप सूचना र जानकारीको लागि परिचालन गरिएको जनाएको छ । बझांग भुकम्पको उच्च जोखिममा रहेको जिल्ला भएकाले सावधानी अप्नाउन समेत मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया