म्याग्दी, असोज २७
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान
गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन ।[सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको
शव उठाउन र ल्याउन समस्या भएको छ ।
प्रतिकुल मौसम र भूगोलका कारण
धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका
प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए ।
“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच
जनाको शव भेटिएको थियो,” उनले भने, “मौसमको खराबी र प्रतिकुल भूगोलका कारण शव सङ्कलन गरेर घट्नास्थलबाट
ल्याउने प्रयास सफल भएको छैन् ।”
बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको
हेलिकप्टर रित्तै फर्किएको थियो ।
शनिबार दशैँ भएकाले र आइतबार हिमालमा
कुहिरो लागेकाले हेलिकप्टर जान सकेनन् ।
सम्बद्ध ट्रेकिङ कम्पनीले अनुकुल मौसम
भएमा सोमबार शव ल्याउन हेलिहप्टरमा उद्धार टोली पठाउने जानकारी आएको प्रनाउ
श्रेष्ठले बताए ।
आधार शिविरमा बास बसेर धौलागिरि
आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि
सम्पर्कबिहिन भएका थिए ।
प्रहरीका अनुसार रुसी नागरिक
अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री
शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो ।
‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही
धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बिचमै आरोहण रद्द गरेर
फर्किएका थिए ।