रबिलाई धरौटीमा छाड्न आदेश

Jhalkonepal

काठमाडौं , माघ २

सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।


काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार सो आदेश दिएको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो ।

यसअघि जिल्ला अदालत कास्कीले पनि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया