सिन्धुली, सावन १२
सिन्धुलीमा एउटै घरबाट १६ जना हराएका छन्। गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरका एउटै परिवारका १६ जना सदस्य भएको परिवार नै सम्पर्कविहीन भएको वडाध्यक्ष रबिन श्रेष्ठले जानकारी दिएका छन्।
सम्पर्क विहिन परिवारको घरमा चौपायामात्रै अलपत्र छन्।
घटनाको बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली घटनास्थल तर्फ गएको छ । सो परिवार के कारणले सम्पर्क विहिन भएको अहिले सम्म नखुलेको डिएसपी अनिल खड्काले जानकारी दिए । वडासचिव गायत्री भन्डारीका अनुसार धेरै ऋण भएकाले उनीहरू सम्पर्कविहिन भएको अनुमान गाउँलेहरूको छ। तर यकिन कारण खुलिसकेको छैन।
१२ साउन २०८२, सोमबार ०३:०० मा प्रकाशित