प्रधानमन्त्री दाहाल र नेता खनाल बीच भेट वार्ता

Jhalkonepal


काठमाण्डाैँ , बैशाख ४


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग छलफल गरेका छन् । आज बिहान दुई नेता बीच वार्ता भएको थियो ।


दुई नेताबीच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको दाबीमा देखिएको समस्या मिलाउने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल भएको थियो वर्तमान समीकरण र सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा सकारात्मक कुराकानी भएको नेता खनालले बताए ।

 

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीको पहिलो कार्यकाल आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने अडान राख्दै आएको थियो। तर, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नाउपालाई दिएपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।

सोमबार सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीको दाबी परेका थियो । लक्ष्मणलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीको समर्थन छ भनेर कैलाशलाई नेकपा (एमाले), माओवादी केन्द्रलगायतको समर्थन छ ।

 

प्रतिक्रिया