रवि लामिछाने आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

Jhalkonepal

काठमाण्डाै, पुस २७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै शुक्रवार साँझ काठमाडौं आइ पुगेका प्रवक्ता मनिष झाले वताएका छन् ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था ठगीविरुद्ध पनि मुद्दा रहेकाले उनी आफै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । कार्यवाहक प्रवक्ता झाकाअनुसार लामिछाने आइतबार अदालत उपस्थित हुने छन् ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलाशले बिहीबार ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछानेलाई कास्की प्रहरीले बिहीबार साँझ रिहा गरेर परिवारको जिम्मा लगाएको थियो । 

प्रतिक्रिया