शानदार म:मको भवनमा भएकाे आगलागीमा परी ज्यान गुमाउनेकाे संख्या ४ पुग्याे

Jhalkonepal

काठमाडाैं, फागुन  ४

काठमाडौंको कमलपोखरीस्थित शानदार म:मको भवनमा भएकाे आगलागीमा परी ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ ।  गएराती घाइते थप एक जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेकाे प्छरहरीले जानाउकाे छ । माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।

घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भइसकेकाे छ । 

प्रतिक्रिया