नेपालसंग अफगानिस्तान २-० गोलको अन्तरले पराजीत

Jhalkonepal

काठमाण्डौ, मंशिर १

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले आज अफगानिस्तानलार्इ २-० को अन्तरले पराजीत गरेको छ । त्रिदेशीय खेल अन्तरगत भखर्रै सम्पन्न आफ्नो दोस्रो खेलमा नेपालले अफगानिस्तानलार्इ ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा खेल जितेको हो ।
 खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
नेपालले अग्रता लिएपछि रक्षात्मक रुपमा बलियो प्रदर्शन गर्यो । खेलको ७८ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्यो । रोहित चन्दले राष्ट्रिय टोलीको लागि पहिलो गोल गर्ने क्रममा नेपाललाई २-० ले अघि बढाए । कर्नरमा डिफेन्डरले क्लियर गरेको बललाई रोहितले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

प्रतिक्रिया