तराईका जिल्लाहरूमा शीतलहर,अन्य भू–भागमा मौसम सामान्यतया सफा

Jhalkonepal

काठमाडौं, पुस १६

तराईका जिल्लाहरूमा आजदेखि शीतलहर सुरु भएको छ । मधेश प्रदेशको पश्चिम भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागमा आज बिहानैदेखि बाक्लो हुस्सुसँगै शीतलहर सुरु भएको हो ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ती कँडेलले यो क्रम केही दिनसम्म तराई क्षेत्रमा निरन्तर रहने बताईन् ।

तराई बाहेक देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा अवस्थामा रहने र अबको ३ दिनसम्म देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना नरहेको पनि वरिष्ठ मौसमविद् कँडेलको भनाई छ ।

यसैबीच, आज बढेको चिसोसँगै शीतलहर सुरु भएपछि बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सिरहा, सप्तरीसहितका मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ । यस्तै, जनकपुर क्षेत्रमा समेत आज बिहानदेखि बाक्लो कुहिरो लागेका कारण चिसो बढेको छ ।

 

प्रतिक्रिया