बन्दीपुरमा कुटपिटबाट एकजनाको मृत्यु, आरोपित पक्राउ

Jhalkonepal

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिटका कारण एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उनीमाथि सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि चिर्पटले टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पताल पुर्‍याइएको भए पनि बचाउन सकिएन।

प्रहरीले घटनामा संलग्न खिमबहादुर गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया