काठमाडौं , साउन ६
चितवनको सिमलताल क्षेत्रमा त्रिशूली
नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट
आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।
अत्याधुनिक सोनार क्यामरा लगायतका
उपकरणसहित आएको १२ सदस्यीय भारतीय टोलीले आज बिहान करिब १० बजेदेखि खोजी सुरु
गरेको हो ।
गत असार २८ गते शुक्रवार भएको घटनापछि
दुइवटै वस र यात्रु हराइरहेका छन् । बससँगै ६२ जना यात्रु हराएकामा अहिलेसम्म २५ वटा शव भेटिएको छ । भेटिएका
शवमध्ये १७ जनाको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुवै बस
र ३७ जना यात्रुको अवस्था थाहा भएको छैन । घटना भएकै दिनदेखि शसस्त्र प्रहरी, नेपाली सेना तथा
नेपाल प्रहरीको टोलीले प्रविधिसहित निरन्तर खोजी गर्दै आएको छ ।
५ साउन २०८१, आईतबार १२:२३ मा प्रकाशित