काठमाडौँ, असार ११
पूर्व प्रधानमन्त्री माधव नेपाललाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
बुधवार बयान र थुनछेक बहसपछि अदालतले उनलाई ३५ लख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपाल बुधवार विशेष अदालतमा हाजिर भएका थिए। उनी हाजिर भए लगत्तै उनको बयान भएको थियो। बयानपछि धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा राख्ने भनेर बहस भएको थियो।
१० असार २०८२, बुधबार ०९:५० मा प्रकाशित