सरकारले १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजना निर्माणमा छिमेकी देशहरूको समेत स्वामित्व हुनेगरी नयाँ मोडालिटीमा निर्माण अगाडि बढाउने भएको छ। दक्षिण एसियाकै ठूलो जलविद्युत् आयोजनामा बहुराष्ट्रिय लगानीको मोडालिटीमा छलफल सुरु गरिएको छ।
आयोजनामा भारतसहितका पाँच देशले लगानी गर्नेगरी नयाँ मोडालिटी अपनाउने तयारी गरिएको हो। जसका लागि नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकासहितका देशको लगानीमा निर्माण गर्नेगरी नयाँ ढाँचाको खाका तयार पार्न लागिएको हो। जसमा भारतसमेत सकारात्मक छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काका अनुसार नेपालका लागि अब ठूला आयोजना आवश्यक पर्ने भएकाले आवश्यकताका आधारमा विभिन्न मोडलमा आयोजना निर्माणका प्रक्रिया अगाडि बढाइने छ।
२२ बैशाख २०८२, मङ्गलबार ०२:३४ मा प्रकाशित