काठमाण्डौ , चैत २५
सुनको भाउले
अहिले सम्मकै उच्च रेकर्ड बनाएको छ । आज एकैदिन तोलामा दुई हजार नौसय रुपैयाँले
बढेर एकलाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ । यसअघि शुक्रवार नेपाली बजारमा सुन तोलाको एकलाख ३२ हजार सातसय
रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज
चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला एक हजार छ सय १५
रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार ६ सय ७० रुपैयाँमा
कारोबार भइरहेको महासंघले जनाएको छ ।
२४ चैत २०८०, आईतबार ०१:१५ मा प्रकाशित