कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

Jhalkonepal


काठमाडाैं , चैत  ५

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न काठमाण्डाै जिल्ला अदालतले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) लाई अनुमति दिएकाे छ ।

सीआईबीले उपाध्यक्ष महरालाई आज बिहान कपिलवस्तुबाट पक्राउ गरेर काठमाण्डौ ल्याएको थियाे । प्रहरीले म्याद थपका लागि महरालाई आजै जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएकोमा अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हाे ।

पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो ।


प्रतिक्रिया