काठमाडाैं , भदाै ७
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा दुर्घटना भएकोमा चिन्ता व्यक्त गर्नु भएकाे छ । ओलीले सामाजिक सन्जालबाट दुर्घटनाबाट ज्यान गुमाएका भारतीय परिवार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना दिनुभएकाे छ । पोखराबाट काठमाडौं आउने क्रममा आबु खैरेनीमा दुर्घटना हुँदा २७ जना भारतीय नागरिकको ज्यान गएको थियाे । यसैबीच भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुग्गेनुभएकाे छ ।
७ भदौ २०८१, शनिवार १२:५९ मा प्रकाशित