काठमाडौं ,माघ १५
सरकारले ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न
निकायहरूको सिफारिसमा ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनी
कालोसूचीमा राखेको हो ।
सडक डिभिजन कार्यालय दमौलीले सिफारिस गरेअनुसार ८ निर्माण कम्पनी
कालो सूचीमा परेका छन् । ललितपुरको देवी रमण कन्स्ट्रक्सन कम्पनी, बन्दीपुरको खड्गदेवी कन्स्ट्रक्सन, बन्दीपुरकै खड्गदेवी कन्स्ट्रक्सन, भिमादको आयुष एन्ड अनुष कन्स्ट्रक्सन
कालोसूचीमा परेका हुन् ।
अन्य जिल्लाका विभिन्न निकायहरूले नाम पठाए
अनुसार विभिन्न निर्माण कम्पनीहरूलाई साढे १ वर्षदेखि ३ वर्षदेखि कालोसूचीमा
राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।
गोरखाको अनुपमा निर्माण सेवा, अन्नपूर्ण निर्माण
सेवा, लक्ष्मी कन्स्ट्रक्सन
र कास्कीको त्रिवेणी निर्माण सेवा कालोसूचीमा परेका हुन् ।