सुनचाँदीको मूल्य बढ्यो

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँ र चाँदी १९० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९२ हजार रुपैयाँ कायम भएको छ । एक तोला चाँदीको मूल्य चार हजार ८४० रुपैयाँ निर्धारण भएको छ ।

हिजो एक तोला सुन दुई लाख ८६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया