कोशीको तराईमा मन्दशितलहर, देशको बाकी भागमा कस्तो हुन्छ आज मौसम

Jhalkonepal

काठमाण्डौ, माघ १२

आगामी चौबीस घन्टामा मधेश प्रदेशको पूर्वी भू-भाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्नेछ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान मधेश प्रदेशको पूर्वी भू-भाग तथा कोशी प्रदेश को तराई भू-भागमा मन्द शीतलहरको अवस्था छ भने  बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु/कुहिरो लागेको छ।

पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

शनिबार दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकक बदली रही बाँकी भूभागका म मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।



प्रतिक्रिया