काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले नयाँ वर्ष २०८३ सालको अवसरमा वडावासीलाई शुभकामना दिएको छ । वडाध्यक्ष नवराज भट्टराईले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण वडावासीलाई शुभकामना प्रदान गरेका हुन् ।
शुभकामना सन्देशमा भनिएको छ, 'बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का तर्फबाट यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोचको विकास होस् भन्ने हाम्रो शुभेच्छा छ । विगतका अनुभवहरूबाट पाठ सिक्दै, आपसी सद्भाव, सहकार्य र एकताको भावनालाई अझ सुदृढ बनाउँदै समृद्ध समाज निर्माणतर्फ अघि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । नयाँ वर्ष २०८३ तपाईं तथा तपाईंका परिवारजनमा स्वास्थ्य, खुशी र सफलताको वर्ष बनोस्।'
२ बैशाख २०८३, बिहिबार ११:५९ मा प्रकाशित