आज कहाँ कहाँ बर्षा हुदैछ

Jhalkonepal

काठमाण्डौं, जेठ २९

देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र कोशी प्रदेशमा मनसुनी वायुको प्रभावले आज बर्षा भइरहेको छ । जल तथा मौषम विभागका अनुसार आज बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा नवलपरासी पश्चिमको देउरालीमा २०.८ मिलिमिटर वर्षा भएको छ। पर्वतको पचासेमा ९.६ मिलिमिटर , पाल्पाको बल्ड्याङगढीमा १२.२ मिलिमिटर, चितवनको शक्तिखोरमा २५ मिलिमिटर,डोटीको दिपायलमा १.८ मिलिमिटर, दार्चुलाको गोकुलेश्वरमा ६ मिलिमिटर वर्षा मापन भएको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने पूर्वानुमान छ।

त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया