आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Jhalkonepal

बारा, भदाै २६

४० वर्षीया आफ्नै श्रीमती लक्ष्मी राईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका-९ भमरा टोल बस्ने ४५ वर्षीय विमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा लक्ष्मी गम्भीर घाइते भएकी थिइन् । लक्ष्मीको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो । 

साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ रिफर गरिएको छ । उनकै छोरी १५ वर्षीया जमुना राईको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचार भइरहेको छ । 


प्रतिक्रिया