स्रोत नखुलेको १९ लाख ९० हजारसहित विराटनगरबाट एक जना पक्राउ

Jhalkonepal

मोरङ, पुस ११


स्रोत नखुलेको १९ लाख ९० हजारसहित आज साँझ विराटनगरबाट एक जना पक्राउ परेका छन् ।

सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद साहबाट उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले राससलाई जानकारी दिनुभयो । निजलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया