काठमाडौं, भदौ १६
नेपाली
कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । यहि भदौ ११ गते बस्ने भनिएको बैठक
आज दिउँसो २ बजेदेखि बस्ने भएको हो ।
सभापति देउवाले महामन्त्रीद्वय गगन
थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्तावबारे विवाद भएपछि आजको लागि बैठक
बोलाइएको छ ।
यसअघि शनिबार बुढानिलकण्ठमा पार्टीका
पुर्व तथा वर्तमान पदाधिकारीहरूबीच भएको छलफलमा महामन्त्रीद्वयका प्रस्तावमा सहमति
भएको बताइएको छ ।
पार्टीको महासमिति बैठकमा महामन्त्री
थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री
शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन
पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय
अहिले कांग्रेसमा विवादित बनेको छ ।
सभापति देउवाले अहिले दुवै
प्रस्तावमा परिमार्जनसहित पारित गर्ने सहमति भएको छ ।