काठमाडाैं , जेठ ३
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान ११ बजे बस्कानेगरी स्थगित भएकाे छ । नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजी गरेपछी बैठक राेकिएकाे थियाे । बैठक अघि बढ्न नदिन काग्रेस सांसदले निरन्तर नाराबाजी गरिरहे ।
त्यहीबीचमा सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरूले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेलकाे बवस्था सृजना भयो ।
२ जेठ २०८१, बिहिबार ०८:२४ मा प्रकाशित