नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Jhalkonepal

काठमाडौं, असोज ४

नेकपा एकीकृत समाजवादीको ६७ औं सचिवालय बैठक  आज  बस्दै छ।

पार्टी कार्यालयमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको जानकारी दिइएको छ । 

पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको समाजवादी जागरण यात्राबारे छलफल गर्न बैठक बोलाइएको हो । 

यसका अतिरिक्त पार्टीले केही दिनअघि जारी गरेको अन्तरपार्टी निर्देशन–११ बारे पनि छलफल हुने बताइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसालले एकलौटी ढंगले र कमिटी निर्णयभन्दा बाहिर गएर अपानि जारी गरेको भन्दै एकीकृत समाजवादीमा असन्तुष्टि छ।


प्रतिक्रिया