मलद्वारमा लुकाएको ७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

Jhalkonepal

कैलाली- कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका९१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।

उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै उनीमाथि तलासी गर्ने क्रममा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैरो हेरोइन बरामद गरेको हो । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया