काठमाडाैं, भदाै १५
काठमाडौंको कलंकीमा स्कुटरलाई बसले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।
शनिबार बिहान सवा १० बजे कलंकीस्थित मकालु पेट्रोल पम्पनजिक बा ९५ प ७६३५ नम्बरको स्कुटर अनियन्त्रित भएर सडकमा लडेपछि पछाडिबाट आएको बसले चेप्दा स्कुटर चालकको मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्दै आएका विष्णु बहादुर मगर रहेका छन ।
१४ भदौ २०८१, शनिवार ०४:१५ मा प्रकाशित