पाँचथरमा बोलेरो दुर्घटना, पाँचको मृत्यु, छ घाइते

Jhalkonepal

पाँचथर-  जिल्लाको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडानजिक बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

शनिबार बिहान तमोर कोरिडोरअन्तर्गत रानीगाउँस्थित कात्तिके भन्ने स्थानमा जीप अनियन्त्रित भई सडकबाट खसेको हो। स्थानीय प्रहरीका अनुसार दुर्घटनामा परेका घाइतेहरूलाई उपचारका लागि धरान पठाइएको छ।

घटनास्थलमा उद्धारमा केही ढिलाइ भए पनि स्थानीयवासीहरूले तत्काल घाइतेहरूलाई उद्दार गरी उपचारका लागि पठाएको जानकारी पत्रकार भीम बाँस्कोटाले दिएका छन्। यात्रुहरूको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन।

दुर्घटनापछि तत्काल उद्धारका लागि हेलिकप्टर, एम्बुलेन्स वा वैकल्पिक सवारीसाधन उपलब्ध गराउन स्थानीयवासीहरूले माग गरेका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि घटनापछि प्रहरीको टोली परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया