काठमाण्डौं, कार्तिक ५
नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेहरूमा डीआईजी डा। सुन्दरप्रसाद ह्योजु र किरण राणा रहेका छन् ।
बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छन् । प्राविधिक समूहका ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् ।
४ कार्तिक २०८१, सोमबार ११:२२ मा प्रकाशित