लाइसेन्स छपाइ बन्द

Jhalkonepal

काठमाण्डौं, बैशाख २८

प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेको छ।  

विभागले आइतबार सूचना जारी गर्दै यो सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाइएको छ। 

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ हुँदै आएको थियो।

प्रतिक्रिया