सुनचाँदीको मूल्यमा केही गिरावट

Jhalkonepal

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ८१० रुपैयाँ कायम भएको छ । हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० रुपैयाँ र एक तोला चाँदी चार हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया