दाङ,
साउन १४
दाङमा श्रीमतीको हत्या
गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजपुर गाउँपालिका १
रसरी बस्ने ३८ वर्षीय गणेश घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतवार गणेश र
उनकी ३७ वर्षीया श्रीमती वसन्ती घर्ती खाना खाएर सुतेको र सोमवार बिहान साढे ९
बजेसम्म उनीहरूको घरको ढोका नखुलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार खबर पश्चात इप्रका गढवा र प्रहरी चौकी बेला
दाङबाट गएको प्रहरी टोलीले उनीहरूको घरको ढोका खोली हेर्दा गणेशले श्रीमती
वसन्तीको टाउकोमा फलामको रडले हानी हत्या गरेको अवस्थामा प्रहरीले फेला पारेको
थियो।
फलामको रड र गणेशलाई सोही कोठाबाट नियन्त्रणमा लिएको जिल्ला
प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले
जानकारी दिए। उनका अनुसार शवलाई पोष्टमार्टमका लागी लमही अस्पताल पठाइएको र
घटनाबारे थप अनुसन्धान भइरहेको छ।