काठमाडौं, असार १६
नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन
आजबाट सुरु हुँदैछ ।
असार १६ देखि २० गतेसम्म चल्ने
महाधिवेशनको उद्घाटन अहिले बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा
हुनेछ ।
एमालेबाट अलग भएर माधवकुमार नेपालको
समूहले एकीकृत समाजवादी जन्माएपछि पहिलो पटक महाधिवेशन हुन लागेको हो । नेता तथा
कार्यकर्ता एमाले हुँदै आएकाले एकीकृत समाजवादीले यसलाई १०औं महाधिवेशन भनेको छ ।
महाधिवेशनले नीति तथा कार्यक्रम पारित
गर्नुका साथै नयाँ नेतृत्वसमेत चयन गर्नेछ । अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम
भुसालले आकांक्षा देखाएका छन् । सैद्धान्तिक एवं वैचारिक नेता भुसाललाई पार्टीका
सम्मानित नेता झलनाथ खनालको समेत साथ रहेको बताइन्छ ।
महाधिवेशनमा ७७ वटै जिल्ला र विभिन्न
संगठनबाट १ हजार ८ सय प्रतिनिधि सहभागी हुनेछन् । यिनै प्रतिनिधिले आफ्नो
मतादेशमार्फत अध्यक्ष, वरिष्ठ
उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ केन्द्रीय सदस्य छनोट गर्नेछन् ।