काठमाडौँ, कार्तिक २२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
ले स्थानीय तह उपनिर्वाचनको लागि सात प्रदेशमा सात जना नेतालाई जिम्मेवारी दिएको छ ।
रास्वपाले कोशी प्रदेशमा निशा डाँगी, मधेश
प्रदेशमा डा, चन्दा कार्की, बागमती प्रदेशमा
शिशिर खनाल, गण्डकीमा बिन्द्बासिनी कांसकार, लुम्बिनीमा
कुसुम महर्जन, करंलीमा लिमा अधिकारी र सुदूरपश्चिममा
विष्णुकुमार श्रेष्ठलाई तोकेको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले उपनिर्वाचनमा कार्तिक
२२ गतेदेखि २९ गतेसम्म उम्मेदवार चयनको प्रक्रिया संचालन गर्ने भएको छ ।

२१ कार्तिक २०८१, बिहिबार ०३:३२ मा प्रकाशित