सुनसरी, फागुन २६
अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४
औं संस्करण सुनसरीमा आज सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक
धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीको सामना गर्दैछ ।
धरान रंगशालामा हुने
उद्घाटन खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपालका ७ र एक भारतीय
सहित ८ टिमको सहभागिता रहेको आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले
जानकारी दिए ।
आगामी चैत ३ गतेसम्म
चल्ने गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, न्युरोड टिम एनआरटी, चर्च ब्वाईज यनाइटेड, मोरङ फुटबल क्लब,
झापाको काँकडभिट्टा फुटबल
ट्रेनिङ सेन्टर र भारतको युकेएफसीको सहभागिता रहेको छ ।
२०५५ सालदेखि सुरु भएको
प्रतियोगिताको यो संस्करणको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ
पुरस्कार पाउने छन् ।
उत्कृष्ट खेलाडीले नगद १
लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार र
विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने छन् ।
सर्वाधिक गोलकर्ताले ३५
हजार रुपैयाँ पाउने अध्यक्ष तामाङले जानकारी दिनुभयो । धरान उपमहानगरपालिका संयोजक
रहेको प्रतियोगितामा कुल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार रुपैयाँ
खर्च हुने आयोजकले जनाएको छ ।