काठमाण्डाै ,
बैशाख ६
नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले जीवन चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।
सुन तस्करी प्रकरणका फरार
अभियुक्त चलाउने विरुद्ध डिफ्युजन नोटिस
जारी भएको हाे ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ताले चलाउने विरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे ।

उनलाइ ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी
प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि सीआईबीले पत्राचार गरेको थियो ।
प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेसनल कन्ट्रोल
ब्युरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध
डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेकाे थियो ।
सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको
सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक
प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।
आयोगकै सिफारिसपछि सुन तस्कर चिनियाँ नागरिकसँग सम्बन्ध देखिएको भन्दै
माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध मुद्दा
चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई पक्राउसमेत गरेको थियो । स्वास्थ्य
स्थितिका कारण देखाउँदै महरालाई हिरासतमुक्त गरिए पनि उनीमाथि सीआईबीले अनुसन्धान
जारी राखेको छ ।