काठमाडौँ , चैत २५
भारतमा जारी
‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट
एसोसियसनबिच प्रतिस्पर्धा हुँदै छ ।
यसअघि लिग चरणका
चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा
रहँदै फाइनलमा आएको हो ।
त्रिकोणात्मक
शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए ।
लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट
बाहिरिइसकेको थियो ।
नेपालले निकट
भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट
इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय
क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो ।
२४ चैत २०८०, आईतबार ०६:४८ मा प्रकाशित