टिपर दुर्घटना हुँदा दुई जना ज्यान गयो

Jhalkonepal

सङ्खुवासभा, कार्तिक १५

 सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई जना भारतीयको ज्यान गएको छ । मकालु गाउँपालिका–५, सङ्खुवासभामा फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको ज्यान गएको हो ।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरु पनि भारतीय नागरिक नै हुन् ।

 

प्रतिक्रिया